National life
cg eloctronics

लायन्स आईडि इन्डोर्सी पदका उम्मेदवार लम्सालको प्रचारप्रसार अभियान सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० जेठ २०८२, मङ्गलबार
485Shares
लायन्स आईडि इन्डोर्सी पदका उम्मेदवार लम्सालको प्रचारप्रसार अभियान सुरु
ncell

काठमाडौँ । लायन्स अन्तर्राष्ट्रियको निर्देशक (आईडी) इन्डोर्सी पदका लागि राजन लम्सालले आफ्नो प्रचार अभियान सुरु गरेका छन् । उनले वैशाख २४ गते काठमाडौंमा उम्मेदवारी घोषणा गरेका थिए ।

लायन्स अन्तर्राष्ट्रिय मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालको निर्वाचन जेठ २४ गते काठमाडौंमा हुने तय भएको छ। सोही दिन आईडी इन्डोर्सी पदका लागि पनि मतदान हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालगञ्जमा सोमबार लम्सालले लायन्स डिष्ट्रिक्ट ३२५ एन नेपालको एरिया नं. ४ का लायन्स सदस्यहरूसँग भेट गर्दै आफूलाई समर्थन गर्न आग्रह गरे।

नेपालगन्ज क्षेत्र सन् २०१२ मा डिष्ट्रिक्ट विभाजन हुनुअघि ३२५ बी अन्तर्गत पर्दथ्यो । लम्साल सन् २०१०र११ मा सो क्षेत्रका गर्भनर थिए र उनले त्यतिबेला ६५ नयाँ क्लब स्थापना गर्दै विश्व कीर्तिमान कायम गरेका थिए। भेटघाटका क्रममा वरिष्ठ लायन्सकर्मीहरूले ती उपलब्धिहरू स्मरण गर्दै क्लब अध्यक्षहरूलाई लम्साललाई समर्थन गर्न आह्वान गरेका थिए।

त्यसैगरी, डिजी इलेक्टसहित चारजना पूर्व डिष्ट्रिक्ट गर्भनरहरूले पनि लम्सालको पक्षमा मतदान गर्न अनुरोध गरेका छन् । अभियानका क्रममा डिष्ट्रिक्ट ३२५ एन नेपालका डिष्ट्रिक्ट गर्भनर इलेक्ट ज्ञानेन्द्र श्रेष्ठ, पूर्व गर्भनरहरू मुकुट ढकाल, शेमराज शाक्य र मधुसूधन शर्मा लगायतका नेताहरूले लम्सालका लागि प्रचार अभियानमा समर्थन जनाएका थिए। उनीहरूले सबै सदस्यहरूलाई एकजुट भएर लम्साललाई मतदान गर्न अपिल गरेका छन् ।

यस्तै गत शनिबार पोखरामा आयोजित ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा सहभागी भएका लम्सालले आफ्नो २८ वर्षको लायन्स यात्रा, योगदान र अनुभवलाई अन्तर्राष्ट्रिय नेतृत्वमा लैजाने उद्देश्यले उम्मेदवारी दिएको बताए ।

"लायन्सको प्लेटफर्ममा अहिलेसम्म पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै आएको अनुभव नै आजको उम्मेदवारीको आधार हो," उनले भने, "अन्तर्राष्ट्रिय नेतृत्वमा पुगेर नेपालका लागि आवश्यक सहयोग तथा अनुदान ल्याउने सम्भावना, लिडरशिपको भूमिका निर्वाह गर्ने अवसरजस्ता विषयहरूमा मेरो ध्यान केन्द्रित हुनेछ ।"

उनले सामाजिक क्षेत्रमा आफूले देखेको आवश्यकता र अनुभवको आधारमा अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?