National life

लेखा नम्बर लिनेको संख्यामा तीव्र वृद्धि : हालसम्म ६८ लाख हाराहारीमा पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ असार २०८२, बिहिबार
508Shares
लेखा नम्बर लिनेको संख्यामा तीव्र वृद्धि : हालसम्म ६८ लाख हाराहारीमा पुग्यो
ncell

काठमाडौं। पछिल्लो समय स्थायी लेखा नम्बर लिनेको संख्यामा तीव्र रूपमा वृद्धि भएको छ । स साना व्यवसाय गर्न होस् वा आफूले जाँगर गरे बापत राज्यलाई निश्चित रकम कर तिर्न पर्ने भएको कारण प्यान नम्बर लिनेको संख्यामा वृद्धि हुँदै गएको छ ।

सरकारले गरेको व्यवस्थाअनुसार सडकमा भारी बोक्नेदेखि महलमा व्यवसाय गर्नेले सम्म प्यान नम्बर लिनुपर्ने हुन्छ। नेपालभरि स्थायी लेखा नम्बर लिने करदाता संख्या ६७ लाख ९९ हजार ८ सय १५ पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तीमध्ये सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर लिने छन्।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को चैतसम्म ५ लाख ७३ हजार ६ सय ८२ स्थायी लेखा नम्बर लिएका करदाता थपिए सँगै उक्त संख्या वृद्धि भएको हो । यससँगै स्थायी लेखा नम्बर लिएका करदाताको कुल संख्या ६७ लाख ९९ हजार ८ सय १५ पुगेको छ ।

यस अवधिमा दर्ता भएका कुल स्थायी लेखा नम्बरमा व्यावसायिक स्थायी लेखा नम्बर, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर र व्यक्तिगत स्थायी लेखा नम्बरको अनुपात क्रमशः २९.९ प्रतिशत ०.५ प्रतिशत र ६९.५ प्रतिशत रहेको छ। यस अवधिसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख ४५ हजार ९ सय ७८ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख २४ हजार २ सय ६४ पुगेको छ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ फागुनसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४६ लाख ७६ हजार १ सय ८८ रहेको थियो । सरकारले २०७६ साउन १ गते देखि लागू हुने गरी स्थायी लेखा नम्बर अनिवार्य गरेको थियो। प्यान नम्बर अनिवार्य गरेपछि अब कुनै पनि फर्म तथा निकायले प्यानबिना तलब दिन नपाउने व्यवस्था सरकारले गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?