National life

वाणिज्य बैंकहरूको तलब भत्तामा ३० अर्बभन्दा बढी खर्च : कुन बैंकको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०८ फागुन २०८२, शुक्रबार
1.1kShares
वाणिज्य बैंकहरूको तलब भत्तामा ३० अर्बभन्दा बढी खर्च : कुन बैंकको कति ?
ncell

काठमाडौं । वाणिज्य बैंकहरूको कर्मचारी तलबभत्ता खर्चमा ठूलो मात्रामा बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२र८३ को दोस्रो त्रैमास (साउन- पुस) सम्म २० वटा वाणिज्य बैंकहरुले कर्मचारी तलबभत्तामा कुल ३० अर्ब १५ करोड ४६ लाख रुपैयाँ खर्च गरेका छन्।

यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ५.९० प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष पुस मसान्तसम्म बैंकहरूले २८ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ तलबभत्तामा खर्च गरेका थिए।

सबैभन्दा बढी खर्च गर्ने बैंक

समीक्षा अवधिसम्म कर्मचारी तलबभत्तामा सबैभन्दा बढी खर्च गर्ने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ। यस बैंकले पुससम्म २ अर्ब ३१ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा २ अर्ब ७ करोड ५० लाख रुपैयाँ खर्च गरेको बैंकको तलबभत्ता खर्च यस वर्ष ११.५९ प्रतिशतले बढेको छ। त्यस्तै, दोस्रो स्थानमा नबिल बैंक रहेको छ। यस बैंकले पुससम्म २ अर्ब १४ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ८६ करोड ५६ लाख रुपैयाँको तुलनामा १४.७३ प्रतिशतले बढी हो।

खर्च गर्ने आधारमा तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंक २ अर्ब ५ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष पुससम्म १ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ खर्च गरेको थियो । बैंकको चालु वर्षको सोही अवधिमा ११.३२ प्रतिशत खर्च वृद्धि भएको तथ्यांकमा उल्लेख छ।

खर्च वृद्धिदरमा सिटिजन अगाडि

कर्मचारी तलबभत्ताको खर्च वृद्धिदरका आधारमा भने सिटिजन बैंक इन्टरनेसनल अग्रस्थानमा रहेको छ। अघिल्लो वर्ष ८३ करोड ८९ लाख रुपैयाँ खर्च गरेको बैंकले समीक्षा अवधिमा २२.९७ प्रतिशत वृद्धि गर्दै १ अर्ब ३ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ।

समीक्षा अवधिसम्म सबैभन्दा कम तलबभत्ता खर्च गर्ने बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल रहेको छ। यस बैंकले पुससम्म ५२ करोड २२ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा ५४ करोड ३० लाख रुपैयाँ खर्च गरेको बैंकको खर्च ३.८३ प्रतिशतले घटेको देखिएको छ। यससँगै एनआईसी एशिया बैंक र प्रभु बैंकको कर्मचारी तलबभत्ता खर्च पनि अघिल्लो वर्षको तुलनामा घटेको छ। बाँकी १७ वटा वाणिज्य बैंकहरूको भने तलबभत्ता खर्च बढेको तथ्यांकले देखाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?