National life

वाणिज्य बैंकहरूको निक्षेप संकलन ६० खर्ब नजिकै, कर्जा प्रवाहमा शिथिलता कायमै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ फागुन २०८१, आइतबार
687Shares
वाणिज्य बैंकहरूको निक्षेप संकलन ६० खर्ब नजिकै, कर्जा प्रवाहमा शिथिलता कायमै
ncell

काठमाडौँ । वाणिज्य बैंकहरुको निक्षेप संकलनमा तीव्र वृद्धि भएको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म २० वाणिज्य बैंकहरुले ५९ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । गत वर्ष यस्तो निक्षेप आवको असार मसान्तसम्म ५७ खर्ब ५५ अर्ब रुपैयाँ थियो।

त्यस्तै माघ मसान्तसम्ममा वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए) का अनुसार वाणिज्य बैंकहरुले ४८ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तो कर्जा प्रवाह गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब ७१ अर्ब रुपैयाँ गरेका थिए ।

निक्षेप संकलन गर्ने वाणिज्य बैंकहरुमध्येमा ग्लोबल आइएमई बैंक अब्बल देखिएको छ । माघ मसान्तसम्ममा यस बैंकले ५ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको तथ्यांकमा उल्लेख छ । त्यस्तै दोस्रो स्थानमा रहेको नबिल बैंकको निक्षेप संकलन ५ खर्ब नजिक पुगेको छ । यस अवधिमा बैंकले ४ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यस अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले ४ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा राष्ट्रिय वाणिज्य बैंकले ४ खर्ब ४४ अर्ब रुपैयाँ संकलन गरेको छ। यी दुई बैंकहरु ४ खर्ब माथि निक्षेप संकलन गर्नेको सूचिमा रहेका छन् । भने तीन खर्ब माथि निक्षेप संकलन गर्ने अन्य बैंकहरुमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक , नेपाल बैंक र हिमालयन बैंक रहेका छन् ।

ति बैंकहरुले यस अवधिमा क्रमशः ३ खर्ब ६१ अर्ब रुपैयाँ, ३ खर्ब ४७ अर्ब रुपैयाँ, ३ खर्ब ४ अर्ब रुपैयाँ र ३ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको एनबीएले उल्लेख गरेका छन् । यस अवधिमा एभरेष्ट बैंकले २ खर्ब ६१ अर्ब र एनएमबी बैंकले पनि यही रकम बराबरको निक्षेप संकलन गरेको छ । यस अवधिमा कृषि विकास बैंकको २ खर्ब ५६ अर्ब रुपैयाँ, प्राइम कमर्सियल बैंकको २ खर्ब ३८ अर्ब रुपैयाँ, सानिमा बैंकको २ खर्ब १३ अर्ब रुपैयाँ र सिटिजन्स बैंकले २ खर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

त्यस्तै, यस अवधिमा माछापुच्छ्रे बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा नेपाल एसबीआई बैंकले १ खर्ब ८२ अर्ब रुपैयाँ गरेको छ । यस्तै, स्टान्डर्ड चार्टर्ड बैंकले १ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
687SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?