National life

वार्षिक ४० लाखभन्दा बढी कमाउनेलाई राजस्व विभागले निगरानी गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३२ जेठ २०८०, बिहिबार
660Shares
वार्षिक ४० लाखभन्दा बढी कमाउनेलाई राजस्व विभागले निगरानी गर्ने
ncell

काठमाडौं । आन्तरिक राजस्व विभागले वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाउने करदाताको विवरण हेर्न सकिने व्यवस्था गरिएको छ ।

साथै विभागले वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाउने व्यक्तिसँग कानुन अनुसार कर लिन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

कतिपय करदाताको विवरण ४० लाख रुपैयाँ भन्दा बढीको आय भएकोमा अग्रीम कर कट्टी न्यून कट्टी गरेको पाइएको विभागले जनाएको छ ।

विभागको आईटीएस प्रणालीबाट वार्षिक ४० लाख रुपैयाँ भन्दा बढी कमाएका व्यक्ति पहिचान गरी अग्रिम बुझाएको कर कटौती गरि बाँकी हुने कर असूल गर्न विभागले निर्देशन दिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यालयहरुबाट टिडिएस परीक्षणको क्रममा ४० लाख रुपैयाँ वा सोभन्दा बढी आय हुने करदाताको विवरण हेरी नियमानुसार टिडिएस रकम दाखिला गरे/नगरेको लगायतका लगायतका विषयको चेक जाँचगरि ईआइएमएसमा प्रविष्ट गर्न पनि विभागले अनुरोध गरेको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
660SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?