National life
cg eloctronics

वित्तीय अपराध रोकथामबारे नक्सालमा उच्चस्तरीय छलफल

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०५ जेठ २०८३, मङ्गलबार
1.9kShares
वित्तीय अपराध रोकथामबारे नक्सालमा उच्चस्तरीय छलफल
muktinatha bikash bank

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र एसिया–प्यासिफिक समूह (एपीजी) अन्तर्गतको मनि लन्डरिङ नियन्त्रण टोलीबीच भेटवार्ता सम्पन्न भएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालमा भएको छलफलमा वित्तीय अपराध नियन्त्रण र सम्पत्ति शुद्धीकरणविरुद्धको सहकार्यका विषयमा केन्द्रित छलफल गरिएको हो।

एपीजीका डेपुटी कार्यकारी सचिव डेभिड सानोन र नीति अधिकृत कियाह ससलसँग भएको भेटमा नेपाललाई हाल राखिएको ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने उद्देश्यसहित तयार पारिएको कार्ययोजनाबारे विस्तृत छलफल भएको प्रहरी स्रोतले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

छलफलका क्रममा नेपाल प्रहरीको भूमिका, अन्य निकायसँगको समन्वय, तथा सम्पत्ति शुद्धीकरण नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउने उपायहरूबारे विचार–विमर्श गरिएको थियो। साथै प्रहरी कर्मचारीको क्षमता विकास, प्राविधिक सहयोग र आगामी रणनीतिबारे पनि कुराकानी भएको बताइएको छ।

त्यस्तै वित्तीय अपराध नियन्त्रणमा सूचना आदान–प्रदान, अन्तरनिकाय सहकार्य र संयुक्त कार्यसम्पादनलाई अझ मजबुत बनाउने विषयमा पनि सहमति भएको जनाइएको छ। कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाइ र प्रहरीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?