National life

विदेशी मुद्रा सञ्चिति १७.६७ खर्ब, ११.८ महिनाको वस्तु तथा सेवा आयात घान्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ पुस २०८०, बिहिबार
671Shares
विदेशी मुद्रा सञ्चिति १७.६७ खर्ब, ११.८ महिनाको वस्तु तथा सेवा आयात घान्ने
ncell

काठमाडौं । विदेशी मुद्रा सञ्चिति चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति मंसिरसम्ममा आइपुग्दा १४.८ प्रतिशतले बढेको छ ।

विदेशी मुद्राको सञ्चिति अमेरिकी डलरमा २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १३.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १५.६ प्रतिशतले वृद्धि भएको छ ।

केन्द्रीय बैंकमा रहेको यस्तो रकम मंसिरसम्ममा १५ खर्ब ५६ अर्ब २५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८० मंसिर मसान्तमा ८.९ प्रतिशतले बढेर २ खर्ब १० अर्ब ७९ करोड कायम भएको छ ।

२०८० मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत छ ।

यो ५ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको तथ्यांकले देखाएको छ।

२०८० मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ९८.३ प्रतिशत र २७.५ प्रतिशत छन् ।

यो समाचार शेयर गर्नुहोस्
671SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?