National life

विद्यार्थीले पाँच वर्षसम्ममा शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउन पाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ भदौ २०८०, बिहिबार
822Shares
विद्यार्थीले पाँच वर्षसम्ममा शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउन पाउने
ncell

काठमाडाैं । विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि पाँच वर्षसम्ममा सच्याउन पाउने भएका छन्। बुधबार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

‘उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियमावली २०८०’ बुधबारको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ।

यो नियमावली पारित भएसँगै विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि सच्याउन पाउने समयावधि साढे चार वर्ष थप भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले यस्तो निर्णय हो।

यसअघि विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्र पाएको मितिले ६ महिनाभित्र मात्रै नाम, जात र उमेर सच्याउनको लागि दरखास्त दिन पाउने व्यवस्था थियो। अब विद्यार्थीले पाँच वर्षभित्र शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउनको लागि दरखास्त दिन पाउने छन्।

 

यो समाचार शेयर गर्नुहोस्
822SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?