National life

विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेन शाह समावेश

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ भदौ २०८०, बिहिबार
627Shares
विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेन शाह समावेश
ncell

काठमाडौँ । विश्वका उदीयमान सय नेताको सूचीमा मेयर बालेन्द्र (बालेन) शाह समावेश भएका छन् । विश्वकै प्रसिद्ध टाइम म्यागेजिनले विश्वका उदीयमान सय नेताको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर शाहलाई समावेश गरेको हाे ।

अमेरिकी पत्रिका टाइमले भविष्यमा आफ्नो क्षेत्रलाई नेतृत्व गर्न सक्ने विश्वका एक सय उदीयमान नेतृत्वको सन् २०२३ को सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहलाई समावेश गरेको हो ।

टाइम म्यागेजिनले हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्दै आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसमा राजनीतिकर्मी, वैज्ञानिक, संस्थाहरुका प्रभावशाली सीईओ, कलाकार पर्दै आएका छन्। वर्ष व्यक्ति, विश्वका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको म्यागेजिनले २०१९ देखि उदीयमान नेताहरुको सूची पनि निकाल्न थालेको हो।

टाइम म्यागेजिनले बालेनलाई उदीयमान नेता मान्नुको कारण खुलाउँदै २०७९ वैशाखको स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका ३३ वर्षीय इन्जिनियर शाहले सामाजिक सञ्जाल टिकटक, फेशबुक, ट्विटरको मद्दतले ‘बालेन इफे’क्ट सिर्जना गरेको र अनुभवी राजनीतिज्ञहरुलाई पराजित गर्न सफल भएको जनाएको छ।

सो चुनावमा शाह ६३ हजारभन्दा बढी मत प्राप्त गरि मेयरमा विजयी भएका थिए।

 

यो समाचार शेयर गर्नुहोस्
627SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?