National life

वैशाख मसान्तसम्म १४ अर्ब ८ करोड बढी पुँजीगत लाभकर संकलन, कुन वर्षमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ जेठ २०८२, आइतबार
1.3kShares
वैशाख मसान्तसम्म १४ अर्ब ८ करोड बढी पुँजीगत लाभकर संकलन, कुन वर्षमा कति ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सेयर बजारबाट संकलन हुने पुँजीगत लाभकर १४ अर्ब बढी संकलन भएको छ । यो कर हालसम्मकै उच्च हो ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा नेपालको सेयर बजारबाट १४ अर्ब ८ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन भएको हो। चालु आर्थिक वर्षको बाँकी रहेको समयसम्म आर्थिक वर्ष २०७७/७८ मा संकलन भएको करको रेकर्ड तोडिने देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उल्लेखित आर्थिक वर्षमा सेयर बजारबाट कुल १५ अर्ब ५३ करोड १६ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । सेयर बजारबाट संकलन भएको यो नै सबै भन्दा धेरै पुँजीगत लाभकर हो ।

त्यस्तै, आर्थिक वर्ष २०७८/०८९ मा सेयर बजारबाट ११ अर्ब ४० करोड ८५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको तथ्यांकमा उल्लेख छ। त्यस पछिका वर्षहरूमा सेयर बजारबाट संकलन हुने पुँजीगत लाभकर निरन्तर रूपमा घटिरहेको देखिन्छ। आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ३८ करोड र आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब १२ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन भएको नेपाल धितोपत्र बोर्डको तथ्यांकमा उल्लेख छ ।

बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा ऐतिहासिक रूपमा १५ अर्ब ५३ करोड १६ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । त्यसको अर्को वर्ष २०७८/८९ मा घटेर ११ अर्ब ४० करोड ८५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ। त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा भने ३ अर्ब ३८ करोड रुपैयाँ र गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब १२ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन भएको नेपाल धितो पत्र बोर्डको तथ्यांमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?