National life

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१७ चैत २०८२, मङ्गलबार
1.6kShares
व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का
ncell

काठमाडौं। व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको स्रोतले जनाएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत छानबिन अघि बढेपछि मंगलबार उनलाई कालोसूचीमा समावेश गरिएको बताइएको छ।

यस निर्णयसँगै उनको राहदानी (पासपोर्ट)रोक्का भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसपछि अध्यागमनले यस्तो कदम चालेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भट्टमाथि विगतदेखि नै राजनीतिक पहुँचको आडमा विभिन्न स्वार्थअनुरूप काम गराएको आरोप लाग्दै आएको छ। उनी इन्फिनिटी होल्डिङ्सका प्रमुख हुन्।

https://youtu.be/02Oo0JdDvac?si=LEOtU2lx9FIgpXzr

यसअघि २०७९ मंसिरमै शंकास्पद आर्थिक कारोबार देखिएपछि उनीमाथि अनुसन्धान सुरु गरिएको थियो। सो क्रममा विभागले उनीसँग प्रारम्भिक बयानसमेत लिएको थियो, तर पछि अनुसन्धान प्रक्रिया अघि बढ्न सकेको थिएन।

त्यतिबेला प्रभाव र पहुँचका कारण छानबिन दबाइएको आरोप लागे पनि अहिले पुनः अनुसन्धानलाई तीव्र बनाइएको छ।

https://aarthikvoice.com/archives/86886

नयाँ सरकार गठन भएसँगै बालेन शाह नेतृत्वमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सक्रियता बढाइएको छ। यसै सन्दर्भमा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल लगायत उनीहरूसँग सम्बन्धित व्यक्तिहरूमाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धानलाई तीव्र पारिएको जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?