National life

शेयर बजारको ओरालो यात्रा रोकिएन: उपसूचक सबै राताम्य, कारोबार कति भयो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० फागुन २०८०, बिहिबार
562Shares
शेयर बजारको ओरालो यात्रा रोकिएन: उपसूचक सबै राताम्य,  कारोबार कति भयो ?
ncell

काठमाडौँ । लगातार चौथो दिनुसम्म घटेको शेयर बजार आज साताको अन्तिम कारोबारका दिन समेत राताम्य भएको छ । बजारले दिएको निरन्तर ओरालो यात्राले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ ।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.७६ अकंले घटेर २००५.८३ बिन्दुमा बन्द भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार रुपैयाँको कारोबार भइरहेको छ ।

त्यसै गरी आज ११ उपसूचक राताम्य भएका छन् । बैंकिङ समूहको ०.९६ प्रतिशत, विकास बैंक समूहको ०.८७ प्रतिशत, होटेल तथा पर्यटन समूहको १.४८ प्रतिशतले सेयर मूल्य घटेको हो ।

बजार घट्दै जाँदा आम लगानीकर्ताको मनोविज्ञान थप कमजोर हुँदै गएको छ । बजार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि बजारले निरन्तर रूपमा ओरालो यात्रा तय गरेको छ । मौद्रिक समीक्षामा लगानीकर्ताको अपेक्षा धेरै रहेको र उक्त आशा पूरा हुन सक्दा तत्कालका लागि बजारले नकारात्मक प्रतिक्रिया जनाएको अनुमान गरिएको छ ।

दोस्रो बजारमा ठुलो हिस्सा बोकेको बैैक तथा वित्तीय संस्था माथि फैलाएको हल्लाले समेत बजारलाई ओरालो लाग्दा तिर अग्रसर गरेको छ । यस्ता भ्रमले लगानीकर्ताको मनोबल खुम्चिँदै गएको छ ।

यो समाचार शेयर गर्नुहोस्
562SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?