National life

शेयर बजारको गिरावट कायमै : नौ उपसूचक राताम्मै, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ जेठ २०८२, बिहिबार
681Shares
शेयर बजारको गिरावट कायमै : नौ उपसूचक राताम्मै, कारोबार कति ?
ncell

काठमाडौँ । यस साताको अन्तिम कारोबारको दिन अर्थात् बिहीबार शेयर बजार झिनो अंकले घटेको छ। आज नेप्से परिसूचक ७.१५ अंकले घटेर २६५७ को बिन्दुमा कायम भएको छ।

यसदिन कारोबार भएका ३११ वटा कम्पनीको दुई करोड ८६ लाख सात हजार कित्ता शेयर खरिद–बिक्री हुँदा १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

Royal Enfield
nic asia capital

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। आज यस कम्पनीको १ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ। सानिमा माइ हाइड्रोको ७५ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५४ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै पियोर इनर्जी कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।

उक्त दिन सेयर बजारमा गिरावट आउँदा गुराँस लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ । आज बजारमा गिरावट हुँदा नौ उपसूचक राताम्मै भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
681SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?