काठमाडौँ । साताको दोस्रो कारोबारका दिन सेयर बजार सामान्य अंकले घटेको छ। सोमबार बजारको सुरुवाटी बिन्दुदेखि नै ओरालो लागेको हो, बजार पटक पटक सम्हालिन खोजे पनि पुनः बिक्री चापले धकेलेपछि ओरालो लागेर बन्द भएको हो।
बजार सूचक वृद्धि हुन नसकेसँगै सोमबार सेयर लगानीकर्ताको आकर्षण लघुवित्त कम्पनीको सेयरमा परेको छ। यसले लघुवित्त २.४३ प्रतिशतले बढेर ४४८७.५१ बिन्दुमा पुगेको छ ।
बुद्धभुमि नेपाल हाइड्रोपावरको सर्वाधिक ९.९८ प्रतिशतले बढेर ६७२ रुपैयाँ पुगेको छ। यस्तै हिमालयन लघुवित्तको ६.९१ प्रतिशत, नेशनल लघुवित्तको ६.०५ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ६.०४ प्रतिशत र ज्योति विकास बैंक बण्ड २०८७ को ६.०४ प्रतिशतले बढेको छ ।
यस्तै मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.९० प्रतिशत, कालिन्चोक दर्शन लिमिटेडको ४.९६ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनको ४.१२ प्रतिशत र सुपर मादी हाइड्रोपावरको ३.९० प्रतिशतले सेयर मुलय घटेको छ।
सोमबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक २ लाख ५२ हजार ८३८ कित्ता सेयर १४ करोड ८५ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको छ ।
पोखरा फाइनान्स १३ करोड ८६ लाख, ग्रीन भेञ्चर लिमिटेडको १२ करोड ४० लाख, नेपाल फाइनान्सको १० करोड ७ लाख र हिमालयन लघुवित्तको पनि १० करोड ७ लाखको धितो पत्र किनबेच भएको छ । कारोबार सङ्ख्याको आधारमा ग्रीन भेञ्चरको सर्वाधिक १२३० पटक सेयर खरिद बिक्री भएको छ ।
सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ९६ अर्ब ७८ करोड ६५ लाख ५५ हजार रुपैयाँ कायम भएको छ।

































