National life

शेयर बजारको बढोत्तरीमा निरन्तरता: १३ वटै उपसूचकमा हरियाली, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ चैत २०८१, बिहिबार
818Shares
शेयर बजारको बढोत्तरीमा निरन्तरता: १३ वटै उपसूचकमा हरियाली, कारोबार कति ?
ncell

काठमाडौँ । साताको अन्तिम कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस दिन नेप्से सूचक ४१.६७ विन्दुले बढेर २६६३.५४ अंकमा आइपुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज ३०९ कम्पनीको ९७ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ।

आज २२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको घटेको छ । बिहीबार सबै समूहका सूचक बढेका छन् । २ कम्पनीमा सकारात्मक सर्किट ब्रेकर लागेका छन् ।

लगातार जसो घटेको शेयर बजारमा अब लगानीकर्ताहरू आकर्षित हुन थालेको देखिएको छ । यसअघि लगातार घट्नेक्रमा अब ब्रेक लागेको देखिएको छ।  बुधवारको दोहोरो अंकको वृद्धि ट्रेन्डले बिहीबार निरन्तरता पाएसँगै अब बजारले सुधारको यात्रामा आएको अनुमान गरिएको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
818SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?