National life

शेयर बजारको बढोत्तरीमा निरन्तरता, कारोबार रकममा गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ फागुन २०८१, बिहिबार
510Shares
शेयर बजारको बढोत्तरीमा निरन्तरता, कारोबार रकममा गिरावट
ncell

काठमाडौँ । नेप्सेको बढोत्तरीले साताको अन्तिम कारोबारका दिन समेत निरन्तरता पाएको छ । नेप्से सूचक बिहीबार ३.१४ विन्दुले बढेको छ । यससँगै सूचक २७४३.७४ अंकमा आएको छ ।

Royal Enfield
nic asia capital

लगातार चौथो दिन बढेको शेयर बजारमा ८ अर्ब ६२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ भने आज एक कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। त्यस्तै, ४ वटा समूहका सूचक बढेका छन् ।

यस दिन ३०९ कम्पनीको १ करोड ५६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६५ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ ।

अहिले नेप्से २७ सयको लाइनमा रहेको छ । केही दिनयता बजारले केही पोजेटिभ सिग्नलहरु देखाइरहेको छ । आम लगानीकर्ताको मनोबल उच्च भएसँगै शेयर बजारमा दैनिक रूपमा चमक आउन थालेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउँदै छ । समीक्षामा सकेसम्म सुधारका विषय आउनेमा लगानीकर्ता आशावादी रहेका छन् । गभर्नर महाप्रसाद अधिकारीको अन्तिम मौद्रिक समीक्षा भएकाले पनि उनले केही सर्प्राइज दिन सक्नेमा धेरै लगानीकर्ताको अपेक्षा रहेको देखिन्छ ।

आज निर्जीवन बीमा कम्पनीको ०.६४, अन्य ०.५७ प्रतिशत शेयर बढेको छ भने। बैंकिङ ०.५५, विकास बैंक ०.५२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३१, हाइड्रोपावर ०.७५, लगानी ०.३७, उत्पादन ०.८१ र माइक्रोफाइनान्सको ०.३० प्रतिशत घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?