काठमाडौं । शेयर बजारको बढ्ने यात्राले आजपनि निरन्तरता पाएको छ । आज बैशाख ३ गते बुधबार सेयर बजार ९.७५ अंकले बढेर २६९८.९७ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३२९ कम्पनीको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २६ करोड ५१ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा बढोत्तरी आउँदा आठ उपसूचक हरियाली भएको छ । उक्त दिन कर्पोरेट डेभलपमेन्ट बैंक, बलेफी हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, राधी विद्युत कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
आज सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५९ करोड ४१ लाख ५३ हजार रुपैया बराबरको कारोबार भएको छ । दोस्रो स्थानमा रहेको राधी विद्युत कम्पनीको ५० करोड ७२ लाख १० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन बलेफी हाइड्रोपावरको ४२ करोड ८७ लाख ७४ हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोड ३६ लाख ५५ हजार कारोबार भएको हो ।

































