National life

शेयर बजारमा गिरावट : ११ उपसूचक राताम्य, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ जेठ २०८२, बुधबार
617Shares
शेयर बजारमा गिरावट : ११ उपसूचक राताम्य, कारोबार कति ?
ncell

काठमाडौंं । साताको चौथो कारोबारका दिन आज शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । लगातार दुई दिनसम्म उकालो लागेको शेयर बजारमा गिरावट आएको हो  ।

दुई दिन बढेको बजारमा आज १३.२८ अंकले घटे २६६४.८८ को विन्दुमा कायम भएको छ ।

Royal Enfield
nic asia capital
आज नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९० करोड ७० लाख ७ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधवार शेयर बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्य बनेको छ । त्यस्तै, आज सेयर बजारमा गिरावट आउँदा बुटवल पावर कम्पनी, पियोर इनर्जी लिमिटेड र सिनर्जी पावर डेभलपमेन्टको सेयरमा सकरात्मक सर्किट लाएको छ।

बैंकमा प्रयाप्त मात्रामा लगानीयोग्य नगद थुप्रिएको छ। ब्याजदर घटेको छ । पछिल्ला नीतिहरू पनि सेयर कर्जातर्फ आकर्षित गराउने वातावरण बनाएको छ । यसकारण अब शेयर बजारमा सुधार आउने अनुमान गरिएको छ ।

यस्तै, केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँर्दै गएका छन् । बाह्य अर्थतन्त्रका सूचकहरू निकै मजबुत छन् । अब आन्तरिक अर्थतन्त्रका सूचकहरू पनि क्रमशः सबल बन्दै जाने संकेत भने देखिएको छ । आगामी दिनमा शेयर बजारमा धेरै घट्ने ठाउँ नभएको जानकारहरूको धारणा छ ।

आज सबैभन्दा बढी राँधी विद्युत् कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६१ करोड ५७ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै, सानिमा माई हाइड्रोपावरको ५९ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। आज बुटवल पावर कम्पनीको ५८ करोड ४८ लाख ४१ हजार रुपैंया, युनिभर्सल पावर कम्पनीको ४७ करोड ८५ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
617SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?