काठमाडौं । कारोबार साताको दोस्रो दिन शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । सोमबार बजार १६.८२ अंकले घटेर २००६ को विन्दुमा कायम हुन पुगेको छ।
बजार ओरालो लाग्दा लगानीकर्तामा निराश छाएको छ ।
ब्याजदर निरन्तर ओरालो लागे पनि बजारले गति लिन सकेको छैन। सोमबार ३१४ कम्पनीको ७२ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको कारोबार भएको हो ।
आज १३ वटै उपसूचक राताम्य भएको छन् । सोमबार बैंकिङ समूहको ०.८१ प्रतिशत, विकास बैंक समूहको ०.५५ प्रतिशत, फाइनान्स समूहको १.६४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१५ प्रतिशतले घटेको हो ।
शेयर बजारमा गिरावट आउदा सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ६३ लाख ६८ हजार रुपैया बराबरको कारोबार भएको छ ।
त्यस्तै कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिवाइसी नेपाल लघुवित्तको ७ करोड ७० लाख २३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन सानमिा माइ हाइड्रोपावरको ६ करोड ९१ लाख ८८ हजार रुपैयाँ कारोबार भएको हो ।



































