काठमाडौँ । साताको पहिलो कारोबारका दिन शेयर बजारमा हरियाली छाएको छ । दशैं छाइरहेको बजारमा शेयर बजारले समेत गतिलिएसंगै लगानीकर्तामा हौसला थपिएको छ । आज नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ को विन्दुमा कायम भएको छ।
आज बजारमा सूचीकृत ३०८ वटा कम्पनीको एक करोड ५० लाख ४६ हजार कित्ता शेयर खरिद–बिक्री भएर ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ। आज बजारमा बढोत्तरी आउँदा सबै उपसूचक हरियाली भएको छ ।
बजारमा बढ्दा बैंकिङ क्षेत्रको २.२०, विकास बैंकको २.२२, होटल तथा पर्यटन १.७१, हाइड्रोपावर २.७३, लगानी १.९९ र जीवन बीमा कम्पनीको १.३४, निर्जीवन बीमा कम्पनीको १.४९ र माइक्रोफाइनान्सको १.४७ प्रतिशतले व्यापार बढेको छ ।
उक्त दिन बजारमा बढोत्तरी आउँदा न्यादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । मध्यभोटेकोशी जलविद्युत कम्पनी, त्यसैगरी, इष्टर्न हाइड्रोपावर, गुडविल फाइनान्स, स्याङग्री पावर लगायतको कम्पनीको सेयर मूल्य उच्च दरमा बढेको छ ।

































