काठमाडौं । साताको अन्तिम कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस साताको पहिलो कारोबारका दिनदेखि नै बजारमा गिरावट आएको हो ।
उक्त दिन बजार ३६.८३ अंकले घटेर २७४९.५७ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३२२ कम्पनीको २ करोड ८३ लाख ६ हजार ३४२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब २२ करोड २८ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा गिरावट आउँदा १२ वटा उपसूचक राताम्मै भएको छ । बजारमा गिरावट आउँदा थ्रीस्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, विन नेपाल लघुवित्तको ५.८४ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चरको ५.०८ प्रतिशत, नाडेप लघुवित्तको ४.७८ प्रतिशत, सेयर मूल्य घटेको छ ।

































