National life

शेयर बजारमा दोहोरो अकंको गिरावट, कारोबार फेरि ओरालियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असार २०८१, आइतबार
725Shares
शेयर बजारमा दोहोरो अकंको गिरावट, कारोबार फेरि ओरालियो
ncell

काठमाडौँ। साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अकंको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०४ अकंले घटेर २०९५.२५ बिन्दुमा बन्द भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३१७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ।

आज १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.८५ प्रतिशत, विकास बैंक समूहको १.२० प्रतिशत, फाइनान्स समूहको ०.७४ प्रतिशत, हाइड्रोपावर समूहको ०.२३ प्रतिशत र जीवन बीमा कम्पनीको ०.३६ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ।

साताको पहिलो कारोबारको दिन नेपाल फाइनान्सको ३० करोड ४० लाख रुपैयाँ, एनआरएनज इन्फाइस्ट्रचरको १८ करोड र न्यादी ग्रुपको १५ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।

अहिले धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्यौलमा परेको छ । लामो समयसम्म रित्त बोर्डको अध्यक्ष पाउने आशा बोकेका लगानीकर्ता निराश बनि रहेका छन् । बैंकको ब्याजदर निरन्तर ओरालो लागि रहेको छ । तर, शेयर बजारमा उत्साह आउन भने सकेको छैन ।

यो समाचार शेयर गर्नुहोस्
725SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?