National life

शेयर बजारमा दोहोरो अकंको बढोत्तरी: १३ वटै उपसूचकमा हरियाली, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ चैत २०८१, बुधबार
689Shares
शेयर बजारमा दोहोरो अकंको बढोत्तरी: १३ वटै उपसूचकमा हरियाली, कारोबार कति ?
ncell

काठमाडौँ । शेयर बजारमा आज दोहोरो अकंको बढोत्तरी आएको छ । शेयर बजारमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ ।  सुरुवाती कारोबारमा नेप्से सूचकले २७ सयको मनोवैज्ञानिक रेखा पार गरे पनि अन्तिममा पुनः तल आएर बन्द भएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९० अकंले बढेर २६८०.५२ बिन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३१७ कम्पनीको १ करोड ७३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ।मसान्तको दबाब हटेसँगै वैशाखबाट बजारमा केही राहत आउने अपेक्षा गरिएको छ। हाल बैंकको साँवा–ब्याज तिर्ने चटारो, करको दायित्व र गभर्नर नियुक्तिको पर्खाइले बजारलाई थोरै दबाबमा राखे पनि समग्र रूपमा बजारमा सकारात्मक संकेत देखिन थालेका छन् ।

नयाँ गभर्नरको नियुक्त प्रक्रिया लम्बिँदै गएको र आगामी बन्ने गभर्नरले लिने नीति कस्तो हुन्छ भन्ने विषयले समेत सेयर बजारमा ठुलो प्रभाव पार्ने जानकारहरूको भनाई छ । हाल लगानीकर्ता पर्ख र हेरको स्थितिमा देखिएका छन् । यसबाहेक मुलुकको अर्थतन्त्रको आन्तरिक र बाह्य अवस्थाले पनि बजारलाई प्रभावित बनाउँछ ।

आज ३ सय १७ कम्पनीको १ करोड भन्दा बढी कित्ता सेयर कारोबार भएको छ। ४२ करोड ७५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी होल्डिङ्स र हिमालयन रिइन्सुरेन्स परेका छन्।

यो समाचार शेयर गर्नुहोस्
689SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?