National life

शेयर बजारमा फराकिलो अंकले गिरावट: १३ वटै उपसूचक राताम्य कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ चैत २०८१, सोमबार
691Shares
शेयर बजारमा फराकिलो अंकले गिरावट: १३ वटै उपसूचक राताम्य कारोबार कति ?
ncell

काठमाडौँ । तीन दिनको लगातार बिदा पश्चात् आज खुलेको शेयर बजार राताम्य देखिएको छ। पछिल्ला दिनहरूमा बजार अस्थिर नै बन्दै गइरहेको छ । नेप्सेले निश्चित लय समाउन सकेको छैन । पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका साथै गभर्नरको बर्खास्त र नयाँ नियुक्ति प्रकरणका कारण बजारलाई थप प्रभावित बनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.४५ अकंले घटेर २६७०.९४ बिन्दुमा कायम भएको छ। आज ३२२ कम्पनीको १ करोड १४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन्। आज बैंकिङ समूहको ०.९० प्रतिशत, विकास बैंक समूहको १.२६ प्रतिशत, फाइनान्स समूहको २.०६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.३७ प्रतिशतले शेयर मूल्य घटेको छ।

शेयर बजारमा मसान्तको दबाब सकिएपछि बजारले राहत देखिन्छ। वैशाख लागेपछि सेयर बजारमा उत्साह थपिनेमा लगानीकर्ता आशावादी देखिएका छन्। सेयर बजार साइडवेजमा देखिएको छ । लामो समयदेखि नेप्से २५ सयदेखि २८ सयको बीचमा घुमिरहेको छ । यसर्थ, करिब ३ सय अंकलाई सेरोफेरो बनाएर बजार तलमाथि गरिरहेको देखिन्छ ।

नेप्से धेरै तल आउन पनि सकेको छैन । २८ सयलाई क्रस गरेर माथि जाने सामर्थ्य पनि राखिहालेको पाईंदैन । सेयर बजारलाई प्रभाव पार्ने पक्षहरूलाई मूल्यांकन गर्दा भने अधिकांश कुराहरूले अहिले सपोर्ट गरिरहेको देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
691SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?