National life

शेयर बजारमा बुलको यात्रा तय: परिसूचक २४ सयको बिन्दुमा, १५ अर्ब बढीको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ साउन २०८१, बिहिबार
642Shares
शेयर बजारमा बुलको यात्रा तय: परिसूचक २४ सयको बिन्दुमा, १५ अर्ब बढीको कारोबार
ncell

काठमाडौँ । साताको अन्तिम कारोबारका दिन शेयर बजारले बुलको यात्रा तय गरेको छ । शुक्रवारका दिन नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदै गरेको चर्चाले लगानीकर्ताको मनोबल बढेको छ । सोही कारण शेयर बजारमा रौनक आइरहेको छ । निरन्तर

अर्थतन्त्र समेत लयमा फर्की रहेको र बैंकको ब्याजदर समेत निरन्तर घटी रहेको हुँदा बजारले सकारात्मक दिसा लिने आम लगानीकर्ताको विश्वास रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज परिसूचक समेत २४ सय बिन्दु माथि पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.६८ अकंले बढेर २४२४.३२ बिन्दुमा बन्द भएको छ । आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन फाइनान्स कम्पनीहरूको शेयर मूल्य ओरालो लागेको छ । फाइनान्स समूहको शेयर १.२७ प्रतिशतले घटेको हो । सार्थै, आज ११ उपसूचकमा हरियाली आएको छ । बिहीबार बैंकिङ समूहको ६.२८ प्रतिशत, विकास बैंक समूहको १.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०४ प्रतिशतले शेयर मूल्य बढेको छ । आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।

उक्त दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४२ करोड ४६ लाख ८३ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अपर तामाकोशी हाइड्रोपावरको ३८ करोड ९१ लाख १ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन ङादी ग्रुप पावरको ३० करोड ३२ लाख ६८ हजार रुपैयाँ, शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको २७ करोड ९१ लाख ५६ हजार रुपैयाँ कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
642SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?