काठमाडौँ । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै शेयर बजारमा देखिएको रौनक निरन्तर कायम रहेको छ । साताको पहिलो कारोबारका दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ५२.९६ अकंले बढेर २२५७.५७ बिन्दुमा कायम भएको छ ।
आइतबार ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । उक्त कारोबार २०८० माघ ७ गते आइतबारदेखि कै उच्च हो । माघ ७ गते कारोबार ७ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ पुगेको थियो ।
https://aarthikvoice.com/archives/38461
आज ११ उपसूचकमा हरियाली आएको छ । आइतबार बैंकिङ समूहको ३.७४ प्रतिशत, विकास बैंक समूहको १.२० प्रतिशत, फाइनान्स समूहको १.३३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । अर्थमन्त्रीको रूपमा विष्णु पौडेल आउने चौतर्फी चर्चा चुलिएसँगै लगानीकर्तामा उत्साह थपिएको छ ।

































