National life

शेयर बजारमा रौनक: परिसूचक २९ महिना यताकै उच्च, १३ वटै उपसूचकमा हरियाली

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ साउन २०८१, मङ्गलबार
777Shares
शेयर बजारमा रौनक: परिसूचक २९ महिना यताकै उच्च, १३ वटै उपसूचकमा हरियाली
ncell

काठमाडौँ । साताको तेस्रो कारोबारका दिन शेयर बजारमा रौनक छाएको छ । शेयर बजारमा आएको हरियालीले निरन्तर रुपमा लगानीकर्ताको मनोबल उच्च बनाएको छ ।

नेपाल स्टक एक्सचेञ्ज ९नेप्सें ७५.३३ अकंले बढेर २५६३.४३ बिन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो परिसूचक पछिल्लो २९ महिना यताकै उच्च हो । आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै आज १३ वटै उपसूचकमा हरियाली आएको छ । मंगलबार बैंकिङ समूहको २.३९ प्रतिशत, विकास बैंक समूहको २.९६ प्रतिशत, फाइनान्स समूहको २.५३ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.१४ प्रतिशत, हाइड्रोपावर समूहको ३.९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सबैभन्दा बढी शिभम् सिमेन्टको सेयर कारोबार भएको छ । आज कम्पनीको २४ करोड ६९ लाख २३ हजार रुपैया बराबरको कारोबार भएको हो । त्यस्तै कारोबार रकमको आधारमा अपी पावर कम्पनी दोस्रो स्थानमा रहेको छ । कम्पनीले २४ करोड २६ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन हिमालयन इिन्स्योरेन्सको २३ करोड २ लाख ६४ हजार रुपैयाँ, शाइन रेशुङ्गा बैंकको २१ करोड ५६ लाख ४ हजार रुपैयाँ र ङादी ग्रुप पावरको २० करोड १९ लाख ८० हजार रुपैयाँको कारोबार भएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
777SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?