काठमाडौं । शेयर बजारको घट्दोयात्राले आजपनि निरन्तरता पाएको छ । साताको चौथो कारोबारका दिनपनि शेयर बजारमा झिनो अंकले गिरावट आएको हो । लगानीकर्ताको आत्मबल कमजोर बन्दै जादा शेयरबजारमा निरन्तर गिरावट आएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८८ अकंले घटेर २६८२.१५ बिन्दुका कायम भएको छ।
यसदिन फाइनान्स समूह र जीवन बीमा समूहको शेयर मूल्य सर्वाधिक घटेको छ। आज फाइनान्सको १.५३ प्रतिशत र जीवन बीमा समूहको १.४८ प्रतिशतले शेयर मूल्य घटेकोछ । भने बाकी ७ उपसूचक राताम्य भएका छन् ।
बजारमा निरन्तर गिरावट आउन थालेपछि यसअघि खरिद गर्ने मुडमा रहेकाहरु समेत बजार ‘वेट एन्ड वाच’को मुडमा रहेका देखिएको छ। यसकारण बजारमा माग पक्ष कमजोर देखिएको छ।
बजार यसरी एकोहोरो ढंगले घट्नुपर्ने खासै ठूलो कारण नरहेको विश्लेषकहरुको भनाई छ । यस्तै, बजार बढ्दा उधारो कारोबार निकै वृद्धि हुने गरेको छ । बजार घट्दै जाँदा उधारो कारोबारको सेटलमेन्टका लागि सेयर बिक्री गर्नैपर्ने भएकाले पनि यसले थप सप्लाई बढाउने गरेको पाइन्छ। यसको असर पनि बजारमा देखिएको जानकारहरुको भनाई छ ।
अर्कोतिर बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ। यसले केही करेक्सनहरुका बाबजुत पनि बजारलाई माथितिरै लैजानुपर्ने देखिन्छ । सूचक विस्तारै घट्दै २६ सयकै लाइनमा आए पनि समग्रमा २६ सयदेखि २८ सयकै बीचमा घुमिरहेकाले समग्रमा बजार साइडवेजमा रहेको मान्न सकिने विश्लेषकहरुको भनाई छ ।
































