काठमाडौँ । शेयर बजारमा लगाता रुपमा हरियाली छाएको छ । बजार निरन्तर उचाई तिर लम्किदै जाँदा लगानीकर्तामा उत्साह थपिएको छ ।
आज प्रधानमन्त्री ओलिले संसदमा नै अर्थतन्त्रको ऐना शेयर बजार हरियो भइरहेको बताए । प्रधानमन्त्री तहबाटै भएको अभिब्यक्तिले लगानीकर्ताको मनोबल उच्च भइरहेको छ ।
मौद्रिक नीति समेत लचिलो आउने आम लगानीकर्ताको विश्वास भएको छ । जसले गर्दा परिसूचक र कारोबारले नयाँ रेकर्ड बनाउँदै लगि रहेको छ ।आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ६०.३६ अकंले बढेर २४८४.६८ बिन्दुमा बन्द भएको छ ।
आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आइतबार बैंकिङ समूहको ३.८६ प्रतिशत, विकास बैंक समूहको १.४१ प्रतिशत, फाइनान्स समूहको १.५१ प्रतिशत, होटल तथा पर्यटन समूहको ४.२१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
उक्त दिन यूनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त, हिमालयन बैंक, र गणपति लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

































