National life

शेयर बजारमा लगातार सात दिनसम्म गिरावट, ८ अर्बमा खुम्चियो कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ फागुन २०८१, मङ्गलबार
635Shares
शेयर बजारमा लगातार सात दिनसम्म गिरावट, ८ अर्बमा खुम्चियो कारोबार
ncell

काठमाडौँ। शेयर बजार आज सहित लगातार सात दिनसम्म ओरालो लागेको छ । बजारमा लगातार गिरावट आउदा लगानीकर्तामा अन्यौलता सृजना भएको छ ।

आज नेप्से सूचक ३२.२१ अंकले घटेर २७१९.२० अंकमा आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३०३ कम्पनीको १ करोड ५५ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एउटा कम्पनी सकारात्मक सर्किट लागेको छ ।

यसअघि बजार निरन्तर ९ दिन बढेको थियो । त्यसपछि बजार करेक्सनमा गएको हो । समग्र सूचक घटे पनि मंगलबार विकास बैंक समूहमा सुधार आएको छ । अरु सबै समूह घट्दा विकास बैंक समूहको सूचक भने १.९३ प्रतिशतले बढेको छ।

पछिल्ला दिनहरुमा देखिएको राजनीतिक अस्थिरताले बजार केही बिच्किएको जानकारहरुको भनाई छ । राजाको सडक प्रदर्शनले राजनीतिक अन्योलता केही बढाएको र यसबाट तत्कालका लागि कतिपय लगानीकर्ता ‘वेट एन्ड वाच’ मुडमा देखिएको जानकारहरुको भनाई छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?