काठमाडौं । शेयर बजारमा हरियाली लगातार हरियाली छाएको छ । सेयर बजारंले फराकिलो अंकको वृद्धिलाई आजपनि निरन्तरता दिएको हो । आज नेप्से सूचक ७५.२४ अंकले बढेको छ।
त्यस्तै आज ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २५ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ। आधा दर्जन कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन्। । सूचकसँगै कारोबार रकममा पनि व्यापक तेजी आएको छ ।
बजारको फन्डामेन्टल कम्पनी चल्न थालेका छन् । मीड क्यापका कम्पनीहरुमा उत्साह थपिदै गएको छ । लाभांश क्षमता राम्रो रहेको, विगतमा पनि निरन्तर लाभांश दिएका, वितरणयोग्य मुनाफा, इपीएस र नेटवर्थ राम्रो भएका कम्पनीहरुतर्फ लगानीकर्ता आकर्षित हुन थालेको स्पष्ट संकेत देखिएको छ ।
आज बजार बैंकिङ समूहको २.५३ प्रतिशत, विकास बैंक समूहको ३.८८ प्रतिशतले शेयर मूल्य बढेको छ । साथै फाइनान्स ४.२८, होटल तथा पर्यटन ४.१४, हाइड्रोपावर १.९८, लगानी ३.०३, जीवन बीमा ४.३१, उत्पादन ४.७९, माइक्रोफाइनान्स १.३५, निर्जीवन बीमा ३.४१, अन्य १.५१ प्रतिशत र व्यापार १.०६ प्रतिशत बढेको छ।
मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षापछि बजारमा निकै उत्साह बढेको हो । सेयर बजारलाई फाइदा पुग्ने गरी नीति आएपछि बजार बढेको हो । समीक्षामार्फत असल कर्जाबापत गर्नुपर्ने प्रोभिजन दर घटाइएको छ ।
अर्थतन्त्रमा क्रमशः सुधारका संकेतहरु देखिन थालेकाले आगामी दिनमा कम्पनीहरुको मुनाफा बढ्ने र त्यसले लाभांश क्षमता विस्तार गर्ने जानकारहरुको भनाई छ।






























