National life

शेयर बजारमा सामान्य अंकको सुधार : आठ उपसूचक हरियाली, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१४ माघ २०८२, बुधबार
614Shares
शेयर बजारमा सामान्य अंकको सुधार : आठ उपसूचक हरियाली, कारोबार कति ?
ncell

काठमाडौँ। शेयर बजारमा साताको चौथौँ कारोबारका दिन आज सामान्य सुधार आएको छ । मंगलबार भारी गिरावट आएको बजारमा आज सामान्य अंकले सुधार आएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३८ अकंले बढेर २७३१.८९ बिन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त दिन विभिन्न ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा सुधार आउँदा आठ उपसूचक हरियाली भएको छ । उक्त दिन कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । यस दिन ८ उपसूचकमा हरियाली आएको छ भने ५ उपसूचक राताम्य भएको छ ।

त्यस्तै, आज आँखुखोला जलविद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८३ करोड ५७ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको राधी विद्युत कम्पनीको ५४ करोड ३६ लाख ७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

साथै, आज एसवाइ प्यानल नेपालको ४९ करोड ८८ लाख ४ हजार रुपैंया, यूनाइटेड मोदी हाइड्रोपावरको ४८ करोड ७८ लाख ५८ हजार रुपैयाँ, रिभर फल्स पावरको ३० करोड ७३ लाख ३१ हजार रुपैयाँको कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
614SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?