काठमाडौँ । साताको अन्तिम कारोबारका दिन शेयर बजारमा सामान्य सुधार आएको छ । लगातार ओरालो लागेको बजारमा आज झिनो अंकको सुधार आएको हो ।
पछिल्ला दिनमा नेपालको शेयर बजार सुस्त बन्दै गएको छ, जसले गर्दा लगानीकर्तामा निराशा छाएको छ । बजारमा आएको निरन्तर रातो संकेतले विशेष गरी लगानीकर्ताको मनोबल घटाइरहेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.१९ अकंले बढेर २६३०.७१ बिन्दुमा कायम भएको छ। आज ३१० कम्पनीको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
आज चार उपसूचकमा मात्र हरियाली लागेको छ। यसदिन बैंकिङ समूहको १.८१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.२७ प्रतिशत, माइक्रो फाइनान्स समूहको ०.१४ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.३१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज आत्मनिर्भर लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । आज प्रभु बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको ५० करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, जानकी फाइनान्सको २२ करोड ३९ लाख रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्सको १५ करोड ३९ लाख रुपैयाँ कारोबार भएको हो ।

































