काठमाडौँ । निरन्तर रूपमा गिरावट आएको शेयर बजारमा आज भने झिनो अंकको सुधार आएको छ ।
नेप्से सूचक घट्दै २५०० को स्तरमा पुगेपछि आम लगानीकर्तामा निराशा थपिएको समयमा आज शेयर बजारमा सुधार देखिएको हो ।
बजारका लागी आवश्यक सबै आधार ठिक भएको समयमा समेत सरकार फेरबदल लगायतका हल्लाले बजारमा प्रभाव पारेको देखिएको छ । आगामी दिनमा बजारले गति लिन सक्ने सम्भावना रहे पनि तत्काल बजारले लगानीकर्ता उत्साहित बनाउन नसकेको विज्ञहरूको भनाई छ ।
नेप्से ५.१० अकंले बढेर २५८१.६० बिन्दुमा कायम भएको छ। आज ३०५ कम्पनीको ९४ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
बजारमा सुधार आउँदा थ्रीस्टार जलविद्युत कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी आत्मनिर्भर लघुवित्तको ९.९३ प्रतिशत, सुपरमादी हाइड्रोपावरको ९.८३ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.३६ प्रतिशत, जोशी हाइड्रोपावरको ९.२९ प्रतिशतले सेयर मूलय बढेको छ ।

































