National life

शेयर बजारमा सामान्य सुधार: ८ उपसूचक हरियाली, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ पुस २०८१, बिहिबार
636Shares
शेयर बजारमा सामान्य सुधार: ८ उपसूचक हरियाली, कारोबार कति ?
ncell

काठमाडौँ। साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको छ। उक्त दिन बजार ४.६३ अंकले बढेर २५८६.२३ को विन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको १ करोड ८६ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा ८ उपसूचकमा हरियाली भएको छ ।

पुँजी बजारमा सरकार परिवर्तनको हल्लाले प्रत्यक्ष प्रभावित बन्दै आएको छ। हालै नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकमाथि कारबाही गरेपछि बजारमा थप अस्थिरता आएको हो। बजार घटेर धेरै कम्पनीका सेयर मूल्यहरू सस्तो भएका छन्। विशेष गरी, वाणिज्य बैंकहरूको सेयर मूल्य कम भएकोले यस क्षेत्रमा लगानीकर्ताहरूको ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ।

उक्त दिन बजारमा सुधार आउँदा न्यादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ। त्यसैगरी सामुदायिक लघुवित्तको ९.९६ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ९.९० प्रतिशत, सिन्धु विकास बैंकको ९.७९ प्रतिशत, सुपरमादी हाइड्रोपावरको ९.६५ प्रतिशतले सेयर मूल्य बढेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?