National life

शेयर बजारमा सुधार, नेप्से १२ अंकले बढ्दा २ अर्ब ५७ करोडकाे काराेबार

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
860Shares
शेयर बजारमा सुधार, नेप्से १२ अंकले बढ्दा २ अर्ब ५७ करोडकाे काराेबार
ncell

काठमाडौं । आज शेयर बजार बढेको छ । आज नेप्से परिसूचक १२.७३ अंकले बढेर २,०८८.७० को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज १४५ कम्पनीको शेयर मुल्य बढेको छ भने ७२ कम्पनीको शेयर मुल्य घटेको छ ।

मंगलबार नेप्सेमा सूचीकृत २८२ कम्पनीहरुको ६४ लाख ५० हजार कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ५७ करोड ६१ लाखको कारोबार भएको छ

आज सबैभन्दा धेरै नागरिक लगानी कोषको शेयर कारोबार भएको छ । आज कोषको १२ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको ११ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेमा सुधार देखिएसँगै सबै उपसूचकहरुमा हरियाली छाएको छ । मंगलबार सर्वाधिक होटल र पर्यटन उपसूचक २.३६ प्रतिशतले बढेको छ भने दोस्रोमा फाइनान्स उपसूचक १.९२ प्रतिशतले बढेको छ ।

आज पनि सिटी होटलको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य आज ५५९ रुपैयाँमा कारोबार भइरहेको छ । आज मानुषि लघुवित्त, सिगँटी हाइड्रोपावर, पिपल्स हाइड्रोपावर, नेष्डो समृद्ध लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
860SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?