National life

शेयर बजारमा १२ करोडको क्याप बाहेक अरु पनि समस्या छन्ः राधा पोखरेल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ असोज २०८०, बिहिबार
960Shares
शेयर बजारमा १२ करोडको क्याप बाहेक अरु पनि समस्या छन्ः राधा पोखरेल
ncell

काठमाडौँ । शेयर बजारमा अहिले १२ करोडको सीमाको विषयले चर्चा पाएको छ । कतिपयले त १२ करोडको सीमाले गर्दा नै अर्थतन्त्रमा अहिले यस्तो अवस्था आएको भन्दै आएका छन् ।

पुँजी बजार सुस्ताएको भन्दै व्यवसायीहरू असन्तुष्ट रहेको बताएका छन् । पूर्व अर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे र डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
युवराज खतिवडाले नै सेयर बजारमा भएको जोखिम भार र १२ करोडको सीमा सम्बन्धी व्यवस्थाको कुनै अर्थ नभएको बताएका छन् । लगानीकर्ताहरु पनि यो नीतिलाई राष्ट्र बैङ्कले परिवर्तन गर्न पर्ने आवश्यकता औँल्याएका छन् । सेयर लगानीकर्ताहरू बेला–बेला यो नीति हटाउन राष्ट्र बैङ्कदेखि अर्थ मन्त्रालयसम्म पुग्ने गरेको चर्चा छ ।

यो नीति हटे पनि शेयर बजारको सम्पूर्ण समस्या समाधान नहुने नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन् ।‘ त्यो नीति हट्नु मात्रै अहिलेको समस्याको समाधान होइन’, उनले भनिन् ‘ बजारमा अलिकती पैसाको फ्लो आए पनि १२ करोडको क्यापको कारण प्रयाप्त तरलता आउन पाउँदैन त्यसैले यो हटाउनुपर्छ भन्ने हो।,पछिल्लो समय पुर्व अर्थमन्त्री लगायत अहिलेका अर्थमन्त्रीले यो १२ करोड खारेज हुनुपर्छ भन्नेमा जोड दिएकाले यो संशोधन हुन्छ की भन्ने सबैमा आशा पलाएको छ । तर कसैले यसैलाई अखडा बनाएर बजार बनाउने अथवा आफुँ बजारबाट निस्कने उपाय पनि हुन सक्छ । ठुला लगानीकर्तालाई क्याप लगाएको भने पनि प्रत्यक्ष असर त साना लगानीकर्तालाई परेको छ । यसमा मात्रै डिपेन्ड हुनेलाई समस्या भएको छ ।’

बाहिर देखिएको यो नीति हो, बजार बढ्न नसकेका ब्याजदर लगायत अरु पनि आधारहरु छ पोखरेलले बताइन्। १२ करोडको क्याप हटेपछी २,४ सयको हाराहारीमा शेयर बढ्न सक्ने तर बजार अधिक बढ्छ नै भन्न चाहिँ नसक्ने पोखरेलको भनाई छ। सेयर बजारमा भएको अहिलेको व्यवस्थामा केही हेरफेर गरे लगानीकर्ताको आत्मबल बढ्ने र बजार केही हदसम्म ‘स्टेबल’ हुने उनको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
960SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?