National life

संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ माघ २०८०, बुधबार
788Shares
संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
ncell

काठमाडौं, माघ २४ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने छ। आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सोही विधेयकलाई पारित गरियोस् भनेर पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै आजको बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने पनि कार्यसूची रहेको छ। ८० वर्षीय बुढाथोकीको उपचारको क्रममा सोमवार निधन भएको हो।

त्यस्तै, अहिले बिहान ११ः०१ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा नियमावली मस्यौदामाथि सामान्य छलफल, संशोधनका लागि ७२ घण्टाको सूचना, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० अध्यादेश स्वीकृत, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०” सम्बन्धी प्रतिवेदन पेस हुँदैछ ।

यो समाचार शेयर गर्नुहोस्
788SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?