National life

संसदमा सांसदको प्रश्न: काठमाडौँको धारामा पानी होइन ढल आउछ,यो कस्तो विडम्बना हो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ चैत २०८०, सोमबार
670Shares
संसदमा सांसदको प्रश्न: काठमाडौँको धारामा पानी होइन ढल आउछ,यो कस्तो विडम्बना हो ?
ncell

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले आफ्नो निर्वाचन क्षेत्रका जनताले स्वच्छ खानेपानी नपाएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै पराजुलीले भने, ‘काठमाडौंका जनताको घरको धारामा पानी होइन सभामुख महोदय, मानव मलमूत्र मिसिएको गनाउने कालो ढल आउँछ।’

सांसद पराजुलीले अगाडि भने, ‘मेरो निर्वाचन क्षेत्र काठमाडौं ७ को महानगरको मुटुमा रहेका वडा नम्बर २५, २६, २४, १७ लगायतका क्षेत्र असन इन्द्रचोकको कुरा गर्दैछु । सहरभित्रका नागरिक ढलको पानी धारामा पठाइदिएबापत केयुकेललाई शत प्रतिशत बढेको शुल्क तिर्न बाध्य छन् यो कस्तो विडम्बना हो रु’

यस्तो अवस्थाको अध्ययन गरी खानेपानी मन्त्रालयले सहरभित्रको खानेपानी वितरण प्रणाली व्यवस्थित बनाउनुपर्ने पराजुलीलेको माग रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
670SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?