National life
cg eloctronics

संसद् अवरोध कायमै राख्ने माओवादी केन्द्रको निर्णय , बैठक जसरी पनि चल्छ 'प्रधानमन्त्री ओली'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ जेठ २०८२, सोमबार
397Shares
संसद् अवरोध कायमै राख्ने माओवादी केन्द्रको निर्णय , बैठक जसरी पनि चल्छ 'प्रधानमन्त्री ओली'
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् अवरोध नहुने बताइरहेको समयमा नेकपा माओवादी केन्द्रले भने गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध कायमै राख्ने निर्णय भएको जानकारी दिएका छन् ।

सोमबार बसेको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा सेटिङ भएको निष्कर्ष माओवादीले निकालेको उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन् । उपमहासचिव पुनले यो लगायत अन्य विषयमा आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्ने र भोलि फेरि छलफलमा बस्ने गरी आजको बैठक टुङ्गिएको जनाए ।

'विवादित कर्मचारीलाई अध्यागमनमा पठाउने, अख्तियारले छापा मार्न लागेपछि फिर्ता बोलाउने। यस्ता अस्वाभाविक गतिविधिमाथि विस्तृत छानबिन हुन्छ नै राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उपयुक्त हुन्छ,' उनले भने

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अहिलेको अवस्थामा राजीनामा नभए अघि बढ्न सक्दैनौँ,'' उनले भने, गृहमन्त्रीलाई दोषी भनेका छैनौँ। छानबिनअघि राजीनामा दिनुपर्छ भन्ने निर्णय दलको हो।''

प्रधानमन्त्री ओलीले भने भोलि संसद् अवरोध नहुने भन्दै विपक्षीहरूले अवरोध गरे पनि संसद् चल्ने धारणा राखेका छन् । ‘ ओलीले भने यसरी चल्दैन । तपाईँहरू तयारी भएर बस्नुहोस् । उहाँहरू (विपक्षी) कराउनु होला, संसद् अगाडि बढाउनुपर्छ’,

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
397SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?