National life

सन नेपाल लाइफ इन्स्योरेन्सको २७ प्रतिशत हकप्रद सेयर बाँडफाँड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ असार २०८२, शुक्रबार
458Shares
सन नेपाल लाइफ इन्स्योरेन्सको २७ प्रतिशत हकप्रद सेयर बाँडफाँड
ncell

काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बाँडफाँड भएको छ। कम्पनीले निष्कासन गरेको २७ प्रतिशत हकप्रद सेयर बाँडफाँड भएको हो ।

कम्पनीले गत वैशाख ४ गतेसम्म कायम सयेरधनीका लागि गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म प्रति सेयर रु १०० अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गरेको थियो ।

कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका ३ लाख ९० हजार ३५० जना सेयरधनीहरुलाई १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो ।

Royal Enfield
nic asia capital
कुल निष्कासन गरिएको हकप्रदमध्ये २ लाख २४ हजार ७२८ कित्ता सेयर भने अवितरित रहेको छ ।

बिक्री नभएको बाँकी सेयर अब कम्पनीले लिलामीमा ल्याउनेछ । हकप्रद सेयरका लागि आवेदन गरी बाँडफाँडमा नपरेका सेयर धनीहरूको सेयरबापतको रकम भुक्तानी चैत ३० गतेदेखि आईपीएसमार्फत आवेदन फारममा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
458SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?