National life

सपोर्ट लघुवित्तको खुद नाफा ७५.०२ % ले बढ्यो, अन्य सूचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० साउन २०८१, बिहिबार
761Shares
सपोर्ट लघुवित्तको खुद नाफा ७५.०२ % ले बढ्यो, अन्य सूचक कस्ता ?
ncell

काठमाडौँ। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा, अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.०२ प्रतिशतले बढेको छ । संस्थाले गत आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमाससम्ममा २ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि १८.१९ प्रतिशतले बढेर ८ करोड २९ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्मचारी खर्च ५ करोड ३९ लाख र अन्य सञ्चालन खर्च २ करोड ४० लाख रुपैयाँ रहेको छ । संस्थाको सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १ करोड १ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर २ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८५ पैसा बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ। त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात ८३.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा रहेको छ।

१० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब २६ करोड सापटी र ३४ करोड निक्षेपबाट कुल १ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
761SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?