काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ६१ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १३.०४ प्रतिशत कम हो । गत वर्ष यस संस्थाले ३ करोड ७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी १४ करोड ५१ लाखबाट बढेर २० करोड ८५ लाख रुपैयाँ कायम भएको छ । संस्थाले २ करोड ४८ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ । गत वर्ष उक्त चार्ज रिभर्स गरेको थियो । अहिले इम्पेयमेन्ट चार्ज बढ्दा नाफामा गिरावट देखिएको हो ।
त्यस्तै, वितरणयोग्य नाफा १ करोड ३७ लाख रुपैयाँ छ । ६२ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १५ करोड २६ लाख रुपैयाँ रहेको छ । संस्थाको वार्षिक प्रतिशेयर आम्दानी ५.५४ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १२६.४६ रुपैयाँ छ । संस्थाको एनपीएल ६.५३ प्रतिशत पुगेको छ ।






































