काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आई पुग्दा संस्थाले १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ९९.७४ प्रतिशतले कम हो।
गत वर्ष यसले ५१ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानीमा समेत ४७.४७ प्रतिशतले घटेर १ करोड ६ लाख ४५ हजार रुपैयाँ पुगेको छ।
गत वर्ष यसले २ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। एक वर्षको अवधिमा कम्पनीको सञ्चालन घाटामा भने कमी आएको छ । गत वर्ष २ करोड ३० लाख ३३ हजार रुपैयाँ सञ्चालन घाटा रहेको कम्पनी पुससम्म आइपुग्दा घटेर ९५ लाख ३१ हजार रुपैयाँ कायम भएको छ ।
संस्थाको चुक्ता पुँजी २ करोड २८ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोषमा २ करोड ७८ लाख रुपैयाँ पुगेको छ। यस अवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी (वार्षिक) ०.०५ पैसा (वार्षिक) नोक्सानीमा छ ।


































