National life

सरकारले अवैध मदिरा खरिदबिक्री गर्नेलाई कारबाही गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ असार २०८०, मङ्गलबार
762Shares
सरकारले अवैध मदिरा खरिदबिक्री गर्नेलाई कारबाही गर्ने
ncell

काठमाडौं । अवैध मदिरा खरिदबिक्री गर्नेमाथि सरकारले कारबाही गर्ने भएको छ । सरकारले अवैध मदिरा खरिदबिक्री गरेको पाइएमा प्रचलित कानुनीबमोजिम कारबाही गर्ने भएको हो ।

आन्तरिक राजस्व विभागले आज एक सूचना प्रकाशित गर्दै यस्तो चेतावनी दिएको हो । हाल बजार अनुगमनका क्रममा विभिन्न व्यवसायी, होटेल, क्यासिनो, पार्टी प्यालेस, ब्यांक्वेट, रेस्टुरेन्टसमेतले अवैध रुपमा चोरीपैठारी भई आएका विभिन्न ब्रान्डका विदेशी मदिराको भण्डारण, सञ्चय, खरिदबिक्री एवं प्रयोग गरिरहेको सम्बन्धीमा गम्भीर ध्यानाकर्षण भएको पनि विभागले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अन्तःशुल्क ऐन, २०५८ तथा नियमावली, २०५९ बमोजिम इजाजतपत्रवालाले मात्र स्वदेशी तथा विदेशी मदिराको कारोबार गर्नुपर्ने, अन्तःशुल्क टिकटक लगाइएका मदिराहरुको मात्र खरिदबिक्री गर्नुपर्ने तथा विदेशबाट पैठारी भई आएका मदिराजन्य वस्तुमा विभागले तोकेबमोजिमको स्थानमा अन्तःशुल्क टिकट टाँस गरेरमात्र बिक्रीवितरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

कानुनी व्यवस्थाविपरीत कोही कसैले मदिरा पैठारी, खरिद, बिक्री वा प्रयोगलगायतको कारोबार नगर्न नगराउन पनि विभाले आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
762SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?