National life

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै ओम मेगाश्री, कहिलेसम्म दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० फागुन २०८१, मङ्गलबार
778Shares
सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै ओम मेगाश्री, कहिलेसम्म दिने आवेदन ?
ncell

काठमाडौँ । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले यहीँ फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न अनुमति पाएको हो।

त्यसमध्येबाट पहिलो चरणमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ।

अब, बाँकी रहेको १४ लाख ७६ हजार कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आवेदन अवधि छिटोमा चैत ३ गते र ढिलोमा चैत १२ गते निष्कासन बन्द हुने भएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
778SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?