National life

सहकारी प्रकरण: चितवनमा रवि लामिछाने सहित १४ जनाविरुद्ध विरुद्ध मुद्दा दर्ता गर्ने तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ माघ २०८१, सोमबार
679Shares
सहकारी प्रकरण: चितवनमा रवि लामिछाने सहित १४ जनाविरुद्ध विरुद्ध मुद्दा दर्ता गर्ने तयारी
ncell

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध सहकारी रकम ठगी प्रकरणमा मुद्दा दर्ता हुने भएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी गरेको आरोपमा लामिछाने सहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा आज ९सोमबार० ठगीको मुद्दा गर्ने तयारी भएको छ । प्रहरीको अनुसन्धान र तिनका प्रमाणहरूको आधारमा सरकारी वकिल कार्यालयले आज ठगी र संगठित अपराधको आरोपमा मुद्दा दर्ता गर्ने तयारी थालेको जनाएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाले गरेको ठगीको आरोपमा पूर्व उपप्रधानमन्त्री र गृहमन्त्री समेत रहेका लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दर्ता हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल चितवनमा रहेको कारण मुद्दा दर्ता केही ढिला हुने सम्भावना रहेको सरकारी वकिल कार्यालयले जनाएको छ ।

चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि तथ्यांक नमिलेको कारण अनुसन्धान प्रक्रिया पुनः गर्न निर्देशन दिएको थियो, जसका आधारमा फाइल प्रहरीको कार्यालयमा फर्काइएको थियो । प्रहरी कार्यालयले पुनः प्रक्रिया मिलाएर फाइल सरकारी वकिल कार्यालयमा एक साता अगाडि पठाएको थियो ।

अनुसन्धान प्रतिवेदनमा लामिछाने, उनका व्यावसायिक साझेदार एवं नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, प्रहरीकै पूर्वअसई रामबहादुर खनाल र कुमार रम्तेलसहित १४ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ ।

बचतकर्ताहरूले ३८ करोड भन्दा बढी रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका थिए । उक्त रकम पनि ती प्रतिवादीहरूबाट भराउनुपर्ने प्रहरीको राय छ ।

यो समाचार शेयर गर्नुहोस्
679SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?