काठमाडौँ। साताको पहिलो कारोबारका दिन आइतबार सेयर बजारमामा बढोत्तरी भएको छ । आज बजार ५६.०९ अंकले बढेर २६५३.५८ को विन्दुमा कायम भएको छ।
आज बजारमा सूचीकृत ३०८ वटा कम्पनीको एक करोड ५० लाख ४६ हजार कित्ता शेयर खरिद–बिक्री भएर ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ।
साथै न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजारमा बढोत्तरी आउँदा सबैभन्दा बढी सहास ऊर्जा लिमिटेडको सेयर कारोबार भएको छ। कम्पनीको ६३ करोड ८३ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चरको २५ करोड ५७ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।कारोबार रकमको आधारमा यस कम्पनी दोस्रो स्थानमा रहेको
साथै, आज नेपाल फाइनान्सको १५ करोड ९९ लाख १० हजार रुपैयाँ, गुडविल फाइनान्सको १५ करोड १३ लाख २९ हजार रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्स संस्थापक सेयरको १४ करोड ५७ लाख ५० हजार रुपैयाँको कारोबार भएको हो ।



































