National life

सांसद चौधरीको सम्पत्ति २० करोड डलरले बढ्यो, विश्वव्यापी अर्बपतिको सूचीमा कहाँ छन चौधरी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० चैत २०८१, बुधबार
585Shares
सांसद चौधरीको सम्पत्ति २० करोड डलरले बढ्यो, विश्वव्यापी अर्बपतिको सूचीमा कहाँ छन चौधरी ?
ncell

काठमाडौँ । विनोद चौधरीको नेटवर्थ १ वर्षको अवधिमा २० करोड डलरले बढेको छ। फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिहरुको सूची अनुसार सन् २०२५ मा चौधरीको नेटवर्थ २ अर्ब डलर कायम भएको छ ।

नेपालका एक मात्र डलर अर्बपति रहेको चौधरीको सन् २०२४ मा १ अर्ब ८० करोड डलर रहेको नेटवर्थ १ वर्षको अवधिमा २० करोड डलरले बढेको फोर्ब्सको तथ्यांकमा उल्लेख छ । सन् २०२३ र २४ मा चौधरीको सम्पत्ति १ अर्ब ८०० मिलियन अमेरिकी डलर थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

फोर्ब्सको विश्वव्यापी अर्बपतिहरुको सूचीमा चौधरी १७६३औं स्थानमा रहेका छन् । उनी चौधरी ग्रुपका अध्यक्ष हुन्। उनको सबैभन्दा ठूलो सम्पति नबिल बैंक र लोकप्रिय वाई वाई चाउचाउको निर्माता सीजी फूड्समा रहेको फोर्ब्सले लेखेको छ। वाई वाईको भारत, सर्बिया र बंगलादेशमा पनि कारखानाहरू रहेका छन् ।

सीजीले १४३ वटा होटलहरुको स्वामित्व र व्यवस्थापन गरिएको छ । जसमा भारतको ताज होटल चेनसँग सम्बन्धित विलासी होटलहरु पनि रहेको फोर्ब्सले जनाएको छ । त्यस्तै, एउटा नयाँ कारखाना इजिप्टमा निर्माण भइरहेको र यसले विभिन्न प्रकारका ससहरु सार्वजनिक गर्ने योजना रहेको समेत उल्लेख छ । विश्वभरका १४३ होटलमा चौधरी ग्रुपको स्वामित्व वा व्यवस्थापन छ ।

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?