National life

साइडवेज मुभमेन्ट तोडिएको शेयर बजारमा कस्तो रह्यो साप्ताहिक कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ माघ २०८१, शनिबार
643Shares
साइडवेज मुभमेन्ट तोडिएको शेयर बजारमा कस्तो रह्यो साप्ताहिक कारोबार ?
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस साता झन्डै २ महिनापछि २७०० माथिको बिन्दुमा प्रवेश गरेको छ । यस अगाडि मंसिर अन्तिम साता २७०० बाट झरेको परिसूचकले यस साता (माघ २० देखि २४ गतेसम्म) पुनः सोही बिन्दुलाई परीक्षण गरेको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७० अंकको हाराहारीमा बढेको थियो। त्यस दिन नेप्सेमा  ६९ दशमलव ८० बढेसँगै बजार २७ सय २७ दशमलव ५८ अंकको बिन्दुमा पुगेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जुन वृद्धि झन्डै २ महिना पछाडिको थियो ।

अन्तिम पटक गत मंसिर २६ गते परिसूचक २७१५.७१ को बिन्दुमा कायम भएको थियो। त्यसयता परिसूचकले उक्त बिन्दुलाई पार गर्न सकेको थिएन । साताभर नेप्से ४२.०४ अंकले बढ्दा ५१ अर्ब ९५ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

आइतबार र सोमबार लगातार बढेको बजारमा मङ्गलवार भने करेक्सन देखियो । मङ्गलवार नेप्से १४ दशलमव ०८ अंकले घटेर २,७१५ दशमलव ९१ को को विन्दुमा कायम भयो । त्यस दिन नेप्सेसँगै कारोबार रकममा समेत गिरावट देखियो ।

मंगलबारबाट ओरालो यात्रा तय गरेको नेप्सेले बुधवार र बिहीबार पनि सोही क्रमलाई निरन्तरता दियो । बुधवार नेप्से ४ दशमलव ४५ अंकले घटेर बजार  २७ सय ११ दशमलव ४५ को बिन्दुमा बन्द भयो । त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से ११ दशमलव ६४ अंकले घटेर बजार २६ सय ९९ दशमलव ८१ को बिन्दुमा बन्द भएको छ।

अघिल्लो साता ९माघ १३ देखि १५ गतेसम्म० शेयर बजार ३.४२ अंकले बढ्दा २७ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको थियो। विश्लेषकका अनुसार गत सातासम्म शेयर बजार २५४५ देखि २६८० सम्मको साइडवेज मुभमेन्टमा चलिरहेको थियो, जसलाई यस साता तोडिएको छ।

यस साता यस्तो रह्यो कारोबार ?

यस साताको पहिलो कारोबार दिन नै बजारमा उच्च अंकको उछाल देखियो । दोस्रो दिन सामान्य अंकले बढेपछि तेस्रो, चौथो र साताको अन्तिम दिन सामान्य अंकले करेक्सन आएको छ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ को बिन्दुमा बन्द भएको बजारमा १२ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको थियो ।

त्यस यता यस साता लगातार सोमबार –  ११ अर्ब ८७ करोड रुपैयाँ मङ्गलवार – ८ अर्ब ९१ करोड रुपैयाँ , बुधवार –८ अर्ब ९५ करोड रुपैयाँ, बिहीबार– ९ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?